३०५
Shares७साउन२०८०,पवित्रा थापा मगर,धादिङ धादिङमा थप २९ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २८ जना र गंगाजमुना गाउँपालिकाका १ जना रहेका छन् । यो सँगै संक्रमित हुनेको संख्या १ सय ५९ जना पुगेको छ । जसमध्ये ८६ जना पुरुष र ७३ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
संक्रमित मध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाका १ सय ५० जना रहेका छन् । त्यस्तै गल्छी गाउँपालिकाका र ज्वालमुखी गाउँपालिकाका २/ २ जना रहेका छन् भने बेनिघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका र रुवीभ्याली गाउँपालिकाका १÷१ जना रहेका छन् । यो तथ्याङ्क आर्थिक वर्ष २०८०/८१ को हो ।
डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ लगायतका सरोकारवाला निकायले सुरक्षित रहन आग्रह गर्दै आएको छ । साथै डेँगु रोग सम्बन्धी सचेतना तथा खोज र नष्ट गर्ने कार्यक्रम संचालन समेत गरेको छ ।त्यस्तै पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।