FLASH NEWS

अहिले सम्म देशभर ६८ प्रतिशत मात्र रोपाइँ सकियो

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • २२३

    Shares

अहिले सम्म देशभर ६८ प्रतिशत मात्र रोपाइँ सकियो

६ साउन, २०८।       यसपालि देशभर अहिलेसम्म ६८ प्रतिशतमात्र धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।
गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो । गएको वर्षको तुलनामा यसवर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । बागमती ,मधेश प्रदेश र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
यस्तै मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयले जानेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान पनि गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस