FLASH NEWS

हाप्किडो संघ धादिङको अध्यक्षमा किशोर तामाङ चयन

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण ५, शुक्रबार (२ साल अघि)
  • ७९२

    Shares

हाप्किडो संघ धादिङको अध्यक्षमा किशोर तामाङ चयन

५ साउन, २०८० धुनिबेशी ।          नेपाल हाप्किडो संघ धादिङको अध्यक्षमा किशोर तामाङ चयन हुनु भएको छ । धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा सम्पन्न जिल्ला भेलाले किशोर तामाङको अध्यक्षतामा ८ सदस्यीय हाप्किडो संघ धादिङ गठन गरेको हो ।
नव गठित कार्य समितिको उपाध्यक्षमा दावा लामा र सुदिप थापा, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा मञ्जु तामाङ, सदस्यहरुमा सुनिल तामाङ, सुमन उप्रेती र बलराम मगर चयन हुनु भएको छ । भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा संयोजक राजकुमार पाठक, सदस्यहरु राजकुमार रुपाखेती र विदुर आचार्य रहनु भएको छ ।
हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाको सभापतित्व तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यता तथा धुनीबेसी ६ का वडा अध्यक्ष रमेश आचार्यको आतिथ्यता रहेको थियो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस