FLASH NEWS

धादिङमा आज मात्रै ३४ जनामा डेंगु संक्रमण, सावधानी अपनाउन आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • ३५९

    Shares

धादिङमा आज मात्रै ३४ जनामा डेंगु संक्रमण, सावधानी अपनाउन आग्रह
१ साउन ,२०८०,  पवित्रा थापा मगर, धादिङ।      पछिल्लो केहि दिन यता धादिङमा डेंगु संक्रमण हुनेको संख्या बढ्दै जान थालेको छ । धादिङ सहित देशैभर केहि दिन यता डेँगु संक्रमणका बिरामी बढ्न थालेका हो । धादिङमा आज मात्रै ३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ जना पुरुष र १९ जना महिला रहेका छन् । संक्रमित भएका मध्ये नीलकण्ठ नगरपालिकाका ११ जना र ज्वालामुखी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । त्यस्तै पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ । त्यस्तै नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल धादिङ, धादिङ सोसियल भोलेन्टियर लगायतका सम्बन्धित निकायहरुले बजार क्षेत्रका घरवरपरका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस