FLASH NEWS

सुरक्षित आप्रवासन(सामी)परियोजना अन्तर्गत धादिङमा छलफल

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • २६१

    Shares

सुरक्षित आप्रवासन(सामी)परियोजना अन्तर्गत धादिङमा छलफल

२० असार, २०८०।    आज सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत धादिङमा छलफल कार्यक्रम भएको छ ।
बुधबार धादिङबेशीमा भएको कार्यक्रममा ‘स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाऔ’ भन्ने नाराका साथ चालु आ.व २०७९/८० वार्षिक प्रगती प्रतिवेदन तथा सरोकार वालासंग कार्यक्रमको दिगोपना विषयमा छलफल गरिएको हो ।
अधिवक्त दिनेश दुवाडीले वैदेशिक रोजगारीलाई लाई प्रभाव पार्ने तत्वहरू, देशको वैदेशिक रोजगारीको समग्र अवस्था, वैदेशिक रोजगारीमा जाने समयमा र गईसकेपछाडी आइपर्ने चुनौतिहरु र सुरक्षित आप्रवासनले यसवारे गर्दै आईरहेका विभिन्न कार्यक्रमका बिषयमा जानकारी गराउनु भएको थियो।
बैदेशिक रोजगारीमा जाने वेला श्रम स्वीकृति लिएर मात्र जानुपर्ने यस्तै वैदेशिक रोजगारीमा जाने अधिकाम्स व्यक्तिहरु ठगिएको र अलपत्र परेका घटनाहरुलाई स्मरण गर्दै उहाँले यस्ता घटनाहरुलाई कम गर्नको लागि सरोकारवाला पत्रकारहरुको ठुलो भूमिका रहने अधिबक्ता दुवाडीको भनाइ छ ।
वैदेशिक रोजगारीमा लगिदिने वाहानामा विभिन्न संघ संस्थाहरुले ठग्ने गरेको र यस्ता किसिमका क्रियाकलापबाट सचेत रहने बिषयमा पनि छलफल गरिएको हो ।
सामी परियोजनाले धादिङको धुनीवेशी नगरपालिका,थाक्रे गाउँपालिका,गंगाजमुना गाउँपालिका,नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारिलाई व्यवस्थित सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच,न्यायमा पहुँच, सीप विकास तालिम,मनोसामाजिक परामर्श,वित्तीय साक्षरता जस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संञ्चालन गरिदै आइरहेको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्मा लगालय विभिन्न सञ्चार माध्यमका संचार कर्मीहरुको सहभागिता रहेको थियो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस