FLASH NEWS

प्रभु बैंक धार्के शाखा द्वारा आयोजित स्वास्थ्य शिविरमा गरे ३ सय ५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २८, आईतबार (१ साल अघि)
  • ९९५

    Shares

प्रभु बैंक धार्के शाखा द्वारा आयोजित स्वास्थ्य शिविरमा गरे ३ सय ५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण

२८ जेठ ,२०८० , धार्के ।     धुनिबेशी ६ धार्केमा रहेको प्रभु बैंक धार्के शाखाले आयुर्वेदिक स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार नेपाल राष्ट्र बैंकबाट “क” बर्गको इजाजतप्राप्त संस्था प्रभु बैंक लि. धार्के शाखाको आयोजना र धुनिबेशी नगरपालिका वडा नं. ६ को सहकार्य, मेदान्त आयुर्वेद हेल्थ होम कलंकी-१४, काठमाडौंको प्राबिधिक सहयोगमा शिविर सम्पन्न गरेको हो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त शिविर संचालन गरेको प्रभु बैंक धार्के शाखाका प्रमुख प्रविन कोइरालाले टोल टोलको खबरलाइ जानकारी दिनु भयो। उक्त शिविरमा ३ सय ५ जनाले स्वास्थ्य लाभ लिएको पनि कोइरालाले जानकारी दिनु भयो। शिविरमा आयुर्वेद विशेषज्ञ डा. हरुद्वारा नशा तथा हाडजोर्नी सम्बन्धी हातखुट्टाहरू झमझमाउने, पोल्ने. दुख्ने, कम्मरको समस्या, घुडा दुख्ने, नशा च्यापिएको, बाथ, युरिक एसिड, टाउको दुख्ने, माइग्रेन।

यस्तै मलद्वार तथा पाइल्स सम्बन्धी : मलद्वारमा मासु पलाएको सुन्निएको. दुख्ने, पोल्ने रगत आउने, मासु निस्कने, चिलाउने, फिस्टुला (पिप रगत आउने) ,पेट सम्बन्धी : मुखमा अमिलो पानी आउने, पेट पोल्ने, छाती पोल्ने, आउँ पर्ने, कोलाइटिस, अपच ,महिला तथा पुरुष सम्बन्धी : तल्लो पेट दुख्ने, महिनावारी अनियमित सेतो पानी बग्ने, गनाउने पानी आउने, योनी वरिपरि चिलाउने, शीघ्र स्खलन, उत्तेजना नहुने, धातु खस्ने, बाँझोपना,छालासम्बन्धी : दाद, एलर्जी, चिलाउने, फोका आउने, डाबर, चाया,पोतो डन्डीफोर लगाएतको निःशुल्क परीक्षण तथा औषधि वितरण समेत गरिएको कोइरालाले जानकारी दिनु भयो।
उक्त स्वास्थ्य शिविरको औपचारिक कार्यक्रममा धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेदीले नगरपालिकाले गर्नुपर्ने काम बैकले गरेकोमा प्रभु बैंक तथा शाखा प्रमुख प्रविन कोइरालालाइ धनयवाद दिनु भयो। सातै उहाले भोलिका दिनहरुमा नगर बाट गर्नु पर्ने साथ सहयोग सदैब गर्ने पनि उप्रेतीले बताउनु भयो

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस