FLASH NEWS

थाक्रे गाउपालिका ६ मा तनाव विसर्जन कार्यशाला सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २७, शनिबार (२ साल अघि)
  • ७४८

    Shares

थाक्रे गाउपालिका ६ मा तनाव विसर्जन कार्यशाला सम्पन्न

२७जेष्ठ २०८०,थाक्रे ।     धादिङको थाक्रे गाउपालिका ६ रानी झरनामा तनाव विसर्जन कार्यशाला सम्पन्न भएको छ। जीवन विज्ञान प्रतिष्ठान ,उन्नती काठमाण्डौं, सिड्स धादिङ र थाक्रे गाउपालिका शिक्षा शाखाको आयोजनामा तनाव विसर्जन कार्यशाला भएको हो। थाक्रे गाउपालिकाको शैक्षिक गुणस्तर बृधि गर्न शिक्षकहरुमा रहको तनाब विसर्जन हुने हुदा थाक्रे गाउपलिका भित्र संचालित सरकारी तथा निजि विद्यायहरुका शिक्षक शिक्षिकाहरुका लागि एकदिने तनाब व्यबस्थापन कार्यशाला शिक्षा शाखाका मुकुन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जीवन विज्ञानका होम नाथ आचार्य , विन्दा आचार्य ,किरण रुपाखेती लागाएतले सहजीकरण गर्नु भएको थियो। उक्त कार्यक्रम सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले उपस्तितहरुलाइ स्वागत गर्नु भएको थियो। उन्नती काठमाण्डौंका रमेश शर्मा , शिक्षक संगठनका बिभिन्न पधाधिकारी, शिक्षक शिक्षिकाहरु लगाएत सय जना  भन्दा बढिको सहभागिता रहेको थियो।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस