FLASH NEWS


सन्ताेषको नेत्रित्त्वमा प्रेस युनियन धादिङ

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २५, बिहिबार (१ साल अघि)
  • २६९

    Shares

सन्ताेषको नेत्रित्त्वमा प्रेस युनियन  धादिङ

२५ जेठ २०८०, धादिङ ।      नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ।

बुधबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा अनिल आचार्य , सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना चयन हुनुभएको छ ।

पोषनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा धादिङ क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

अधिवेशनको अवसरमा युनियनले नेपाल रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३४ पुरुष ८ महिला गरि ४२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस