FLASH NEWS

धुनिबेशी ६ धार्के चालिसेमा दुग्ध संकलन बैंक स्थापना

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १३, शनिबार (२ साल अघि)
  • ९०५

    Shares

धुनिबेशी ६ धार्के चालिसेमा दुग्ध संकलन बैंक स्थापना

१३ जेठ २०८०, शनिबार, धार्के ।   धादिङ धुनिबेशी ६ धार्के चालिसेमा दुग्ध संकलन बैंक स्थापना गरिएको छ। उदय कृषि बहुउदेश्य सहकारी संस्था लि ले शनिबार एक कार्यक्रमका विच दुध संकलन बैंकको उद्घाटन गरेको हो। आर्थिक वर्ष २०७९/०८० मा संञ्चालन हुने दुध संकलन बैंक कार्यक्रमका लागि प्रदेश दुग्ध विकास बोर्ड “ हेटौंडा, मकवानपुर र उदय कृषि बहुउदेश्य सहकारी संस्था लि.धुनिबेशी ५ धादिङ विच सम्झौता गरि उत्क दुग्ध संकलन बैंक स्थापना गरिएको सहकारीले जनाएको छ। दुग्ध सङ्कलन बैंक कार्यक्रम सञ्चालनको लागि तयार गरेको प्राविधिक स्पेसिफिकेशन अनुसारको चिलिङ्ग भ्याट १ थान र मिल्क क्यान ५ थान गरि दुई लाख अस्सी हजार बराबरको रकम सत प्रतिसत अनुदानमा उक्त दुध संकलन बैंक स्थापना गरिएको उदय कृषि बहुउदेश्य सहकारी संस्था लिका अध्यक्ष बासु देव बास्कोटाले बताउनु भयो। धुनिबेशी ५ का वडा अध्यक्ष बिशाल भट्टराइले उद्घाटन गर्नु भएको कार्यक्रममा उदय कृषि बहुउदेश्य सहकारी संस्था लिका अध्यक्ष बासु देव बास्कोटा, नव जोति सा कोस का अध्यक्ष अर्जुन आचार्य लागाएत अन्य सहकारीका प्रमुख तथा प्रतिनिधि स्थानिय लगाएतको सहभागिता रहेको थियो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस