FLASH NEWS

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा नवराज छत्कुली चयन

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
  • ७८६

    Shares

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा नवराज छत्कुली चयन

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित हुनुभएको छ ।

सोमबार वेनिघाट रोराङ गाउपालिका–३ स्थित रिचोकटार मलेखुमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले छत्कुलीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्ष काजी श्रेष्ठ,महासचिवमा विष्णुहरी लम्साल , कोषाध्यक्षमा भक्त बहादुर रेग्मी(कृष्ण) निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा विमला घिमिरे,चेलि माया तामाङ, रमेश ढुङ्गाना, छवि प्रसाद काप्री,सुजन श्रेष्ठ,रामकृष्ण स्यावा, केशवराज शर्मा, राम बहादुर नेपाली र भगवान भट्ट निर्वाचित हुनुभएको छ।

महासघका जिल्ला अध्यक्ष ठाकुर बुर्लाकोटिको अध्यक्षतामा भएको वार्षिक साधारणसभा तथा अधिवेशनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधि,विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस