FLASH NEWS

व्यावसायिक सेफ रामशरण थापा सम्मानित

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० बैशाख ११, सोमबार (३ साल अघि)
  • ३०८

    Shares

व्यावसायिक सेफ रामशरण थापा सम्मानित

विगत तीन दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध व्यावसायिक सेफ रामशरण थापा “अन्तर्राष्ट्रिय सेफ सम्मान २०२३” बाट सम्मानित हुनु भएको छ ।

शनिबार फोकस नेपाल द्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच थापालाई सम्मान गर्नु भएको हो ।

धादिङ जिल्ला थाक्रे गाउँपालिका ६ जन्म घर भएका सम्मानित थापा स्वदेश तथा बिदेशी गरी दर्जनौ विभिन्न होटल,रिसोर्ट ,रेस्टुरेन्ट एवम् हस्पिटालिटी प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन। हाल अमेरिकाको इन्डोचेन अलेक्जान्ड्रिया क्यामरून स्टेशन भर्जिनिया,इन्डोचेन अलेक्जान्ड्रिया ओल्ड टाउन, भर्जिनिया, हार्बर तन्दुर बाल्टिमोर, मेरील्याण्डमा रेस्टुरेन्ट संचालन गर्दै आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा पनि उहा सकृय हुनुहुन्छ ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस