४२७
Sharesधुनिवेशी धादिङ, २०७९ चैत्र ५ गते हुने स्व.बि.यु. निर्वाचनमा धुनिवेशी नगरपालिका ७ मा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको भातृ संस्था ने.बि.संघ र नेकपा एकिकृत समाजबादीको भातृ संस्था अनेरास्ववियूले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन्।
ने.बि.संघले सभापति सहित अन्य दुई सदस्य र अनेरास्ववियूले सचिव र कोषाध्यक्ष सहित अन्य चार सदस्य लिएर सहमति गरेका हुन्।
ने.बि.संघले सभापतिमा राजेश भट्टराई र सदस्यहरुमा अभिषेक पाठक र सन्जु खड्कालाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियूले सचिवमा एलिसा भण्डारी, कोषाध्यक्षमा सुर्य तामाङ, सदस्यहरुमा उत्सव गौतम, रेश्मा गिरी, सुनिल उप्रेती र सुष्मा सुनारलाई उम्मेदवार बनाएको छ।
यता नेकपा माओवादी केन्द्र र नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले पनी अनिल उप्रेतीको नेतृत्वमा संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरेको जनाइएको छ।