५१
Sharesराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबार सकिँदैछ। उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित हुनु भएको थियो ।
पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आइतबार नै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गर्नु भएको छ ।
उहाको बूढानीलकण्ठमा निजी निवास छ। जुन घर २०७२ अघि नै बनाइएको थियो। जसलाई केही समय पहिलेदेखि मर्मत सम्भारको काम भइरहेको छ। भवन बाहिर सुरक्षा सेन्ट्री पोस्ट र भवनको पछाडी सुरक्षाकर्मीका लागि ब्यारेक निर्माणको काम भइरहेको थियो।
राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल सकेर बिदा हुन लाग्नु भएको हो । उहा पहिलोपटक २०७२ कात्तिक ११ गते राष्ट्रपति चुनिनु भएको थियो ।
शितल निवासबाट भण्डारी बाहिरिएसँगै नयाँ राष्ट्रपतिको प्रवेश हुने छ । बिहीबार (फागुन २५ गते) नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
पौडेलले सोमबार शपथ लिने तय भएको छ। त्यसपछि उनी सोमबार नै निजी निवास बोहराटारबाट शितल निवास सर्ने बताइएको छ।