१४३
Shares
गजुरी, आगामी चैत ५ गजे हुन गएरहेको स्वतन्त्र विद्यार्थी संगठनका लागि आर्दश बहुमुखी क्याम्पस गजुरीमा संघसंगठन दर्ता गर्ने समय सकिएको छ । तोकिएको समय भित्र पाँच संघ , संगठन , समूह दर्ता गरेको निमित्त क्याम्पस प्रमुख रामचन्द्र अर्यालले बताउनु भयो । कार्यतालिका अनसुार विहान ९ बजेसम्म साम्भवी थापाले अनेरास्ववियू (समाजवादी), गणेश पाण्डेले अनेरास्ववियु (क्रान्तीकारी), सुेरेश श्रेष्ठले अनेरास्ववियु, दिलिप अधिकारीले नेवि संघ र अविन बर्तौलाले स्वतन्त्र संघ दर्ता गराएकाछन् ।
स्वतन्त्र संघ बाहेक चारै संघसंगठनले आफ्नो आफ्नो विद्यार्थी संघसंगठनल कमिटि गठन तथा पूनगठर्न समेत गरिसकेकाछन् । २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूची उपर दावी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते उम्मेदवारको लागि मनोनयन पत्र वितरण (प्रत्यक्ष र समानुपाति), २७ गते मनोनयन दाखिला गर्ने र प्रत्यक्ष तर्फको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारको नामावली उपर दावी विरोध पेश गर्ने, दावी विरोधको छानविन र नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नावाली प्रकाशन, चैत ५ गते विहान ७ बजेदेखि १०ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । स्वतन्त्र र प्रजात्रान्तिक रुपमा स्ववियू निर्वाचन गर्ने गरी क्याम्पसले कार्ययोजना बनाइ रहेको निमित्त क्याम्पस प्रमुख अर्यालले बताउनु भयो ।