१०१
Sharesगायत्री खतिवडा धादिङ । नेकपा एमाले धादिङको मिसन ग्रासरुट अभियान अन्तर्गत आज (फागुन १४ गते) भएको निलकण्ठ नगर कमिटीको बैठकले निलकण्ठ नगरपालिका भित्र गरिने कार्यक्रमको योजना तय गरिएको छ । निलकण्ठ नगर कमिटीका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य कैलाश ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेकपा एमाले प्रदेश कमिटीका सदस्य नरेश खतिवडाले बिगतको इतिहासलाई हेर्दा निलकण्ठ नगरपालिका भित्रका साबिकका गाबिसहरु नेकपा एमालेको आधारभुमी रहेको र अहिले पनि एमाले कमजोर नरहेको बताउनुभयो । दुई महिने ग्रासरुट अभियानले पार्टी कार्यकर्ता माझ रहेको तिक्तता , निराशा र मनमुटावको अन्त्य गराइ पार्टीलाई मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो । मिसन ग्रासरुट अभियान अन्तरगत निलकण्ठ नगरपालिकाको जिम्मेवारी प्राप्त गरि खटिनुभएका नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य कैलाश ढुंगेलले पार्टी सुदृढीकरण र बिस्तार अभियान अन्तर्गत शुरु गरिएको यस अभियानले पार्टी भित्रको अन्तरबिरोधको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउने बताउनु भयो ।
दुइ महिने अभियानमा प्रत्येक कार्यकर्ताको दैलोमाझ नेता पुग्ने र कार्यकर्ताको गुनासोहरुको सुनुवाइ गर्ने ब्यबस्था गरिने बताउनु भयो । पार्टीको बैचारिक सैद्धान्तमा स्पष्टता पार्ने, एमाले पार्टी र अन्य पार्टीबीचको अन्तरबिरोध तथा जनप्रतिनिधि र पार्टी बीचको अन्तरसम्बन्ध, पार्टी सदस्यता नबिकरण तथा बिस्तार लगायतका बिषयमा प्रशिक्षण गरिने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले निलकण्ठ नगरकमिटिका अध्यक्ष हरि बहादुर श्रेष्ठले निलकण्ठ नगरपालिकाभित्रको १४ वटै वडाको वडा स्तरमा गरिने कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।