













४९७
Shares
थाक्रे। धादिङको थाक्रे गाँउपालिकाले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेललाई स्वागत गरेको छ।
थाक्रे गाँउपालिकाले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाइ थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा वडा अध्यक्षहरु, राजनीति दलका प्रमुख, नागरिक समाजका अगुवा, बैंक तथा वित्तिय संस्थाको प्रमुख, जनप्रतिनिधि, कर्मचारी स्थानिय हरुले बधाई तथा स्वागत गर्नुभएको थियो।
स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले संघिय शिक्षा ऐन नआएकाले शिक्षा क्षेत्र व्यवस्थित बनाउन नसकिएको बताउनु भयो ।तेस्तै परिणम देखिने गरि काम गर्न आग्रह गदै थाक्रे गाउपालिका महत्वपूर्ण पालिका भएकोले आफुले थाक्रेलाई प्रदेश बाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

कार्यक्रमका सभाअध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेललाई स्वागत तथा बधाई दिदै सम्वृद्ध थाक्रे शुखि थाक्रेवासी बनाउने पालिकाको लक्ष्य रहेको हुदा यस अभियानमा बागमती सरकारले अहम भूमिका खेल्नुहुने बिस्वास लिइएको बताउनु भयो। साथै पालिकामा बजेट बिनियोजन गर्दा पालिका सित छलफल गरि बजेट बिनियोजन गर्न पनि प्रदेश सरकारलाई आग्रह गर्नु भयो।










