FLASH NEWS

चितु्वाको छाला सहित २ पक्राउ

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन २, मंगलबार (३ साल अघि)
  • ६२३

    Shares

चितु्वाको छाला सहित २ पक्राउ

धादिङ,०२ फागुन । धादिङको थाक्रे गाउँपालिका वडा नं २ बाट  चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन् । चितुवाको छाला कारोबार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी धादिङ तथा मातहतबाट खटिएको प्रहरीको टोलीले सोमबार मकवानपुर कैलाश गाउँपालिका देखि थाक्रे महादेववेशी तर्फ आउने आग्रा मोरिया सडक खण्डबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं १ चापाखर्कका ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभएको छ । पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर चितुवाको छाला सहित सार्वजनिक गरिएको हो । त्यस्तै आवश्यक कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालय धादिङमा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रम्ुख प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस