FLASH NEWS


परेवाटारमा भागवत सप्ताह सकियो, १ करोड ५६ लाख संकलन

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ १७, मंगलबार (१ साल अघि)
  • २०५

    Shares

परेवाटारमा भागवत सप्ताह सकियो, १ करोड ५६ लाख संकलन

विश्व भागवत धाम कोष नेपालको आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञबाट १ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । सिद्धलेक गाउँपालिका ४० लाख ,गजुरी गाउँपालिका १० लाख
बेनीघाट रोराङ गाउँपालिका २० लाख,मोहन श्रेष्ठ २० लाख,रत्नबहादुर श्रेष्ठ १० लाख ५ हजार,अन्य, चेक र नगद ५६ लाख
विश्व भागवत धाम कोष नेपालका संरक्षक पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराज मुखारविन्दु माघ ८ गतेबाट सुरुभएको श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञबाट उक्त दान संकलन भएको संयोजक विष्णु थपलियाले बताउनु भयो ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाको प्रमुख आतिथ्यतामा आज श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ समापन भएको छ । समापन कार्यक्रममा बोल्दै थपलियाले धादिङ तथा पर्यटकिय हिसावले परेवाटारमा बन्ने विश्व भागवत धाम निमार्णमा राजनीतिक नघुसोस् यो अभियानमा साथ सहयोग रहने बताएका थिए । मुख्यमन्त्रि शालिकराम जमकट्टेलले आफु सँग २ करोड भन्दा बढीको सहयोग गर्ने कुरा गर्नुभएको जानकारी गराउँदै अध्यक्ष थपलियाले केन्द्र सरकार र सम्बिन्धत मन्त्रालयमा आफै फाईल लिएर जान तयार रहेको बताउनु भयो ।

विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा संरक्षक बाल तपस्वी उत्तम भट्ट महाराजको बाहुलीबाट ०७६ फागुन १ गते भवन निर्माणको शुभारम्भ सुरुभए सँगै अहिले डेढ करोड लागतमा परेवाटारमा लक्ष्मी नारायणको मन्दिर बनि सकेको छ भने अहिले संकलन भएको दान रकमबाट यसै मन्दिर परिसरमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माण गरिने उत्तम भट्ट जी महाराजले बताउनु भयो । हिन्दु धार्मिक दृष्टिकोणले परेवाटारमा विश्वकै पहिलो भागवत धाम सहित चार धाम निर्माणको महत्वकाँक्षी योजना कार्यान्वयनमा रहेका छौं । अनुमानित ६ अर्वको लागतमा यो कार्य पुराहुने हुँदा सबैको साथ र सहयोग चाहिने उहाले बताउनु भयो ।Dhading post 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस