FLASH NEWS


थाक्रे गाउपालिकामा दिवा शिसुस्याहार केन्द्रको सुरुवात

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष १७, आईतबार (२ साल अघि)
  • ४१२

    Shares

थाक्रे गाउपालिकामा दिवा शिसुस्याहार केन्द्रको सुरुवात

थाक्रे ।   धादिङको थाक्रे गाउपालिका ६ महादेवबेशीमा  दिवा शिसुस्याहार केन्द्रको सुरुवात गरिएको छ।
सृष्टि फाउन्डेसन नेपालको आयोजना तथा थाक्रे गाउपालिकाको सहकार्यमा घरेलु तथा आग्रा /महेश खोलामा आश्रित श्रमिकहरुको बालबालिकाहरुको लागि दिवा शिसुस्याहार केन्द्रको सुरुवात गरिएको हो। कार्यक्रमका सभा अध्यक्ष एवंम थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले दिवा शिसुस्याहार केन्द्रको उद्घाटन गर्नु हुदै बिधालय उमेर पुगेका ३: ५ वर्षका बालबालिकाहरुलाइ पढ्ने वानी बसाल्न र आमालाई उधमसिलता बनाउने उदेश्यले उक्त केन्द्र सुरु गरिएको बताउनु भयो।
२ जना कर्मचारी सहित दिनमा दुइ पटक पोषण युक्त खानेकुरा, खेलकुद ,मनोरंजन सहित स्याहारसुसार गर्ने गरि संचालन गरिएको पनि आचार्यले बताउनु भयो। त्यस्तै सृष्टि फाउन्डेसन नेपालका अध्यक्ष एबम पुर्व थाक्रे गाउपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेतीले यस्तो कार्यक्रम सबै वडा तथा पालिका सहित जिल्ला भरनै बिस्तार गर्ने र उक्त कार्यक्रम बिभिन्न दानवीरहरु, संघ सस्थाको सहकार्यमा संचालन गरिने बताउनु भय। त्यस्तै थाक्रे गाउपालिकाको उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि )ले पनि राम्रो कामको थालनी भएको र बिना गुनासो आउने काम गरे गाउपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो। दिवा शिसुस्याहार केन्द्रको उद्घाटन क्रयाक्रममा थाक्रे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरी,वडाका वडा अध्यक्षहरु , शाखाका शाखा प्रमुख तथा प्रतिनिधि ,बिधालयका प्रमुख तथा प्रतिनिधि अभिभाबक हरुको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस