FLASH NEWS


धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी तालिम सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष १२, मंगलबार (१ साल अघि)
  • ११३

    Shares

धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी तालिम सम्पन्न

धुनिबेशी ,  धादिङको धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न गरिएको हो ।तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका साथै विभिन्न खानाका परिका, सुप, बनाउने तरिका र स्थानिय खानाका परिका बनाउने लगाएतको बारेमा सहभागिहरुलाई तालिम दिएको धुनिबेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवता रमेश प्रसाद आचार्यले बताउनु भयो ।विभिन्न वडाका ६५ जना भन्दा बढिको सहभागिता रहेको तालिममा प्रमाण पत्र समेत प्रदान गरिएको छ । भने धुनिबेशी नगरपालिकाले प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

तालिमका सहभागीहरुले सिकाई उपल्बधी मुलक रहेको बताएका छन। उनिहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिद्धता समेत व्यक्त गरेका छन् ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस