१३९
Sharesबुढिगण्डकी आयोजनाको काम छिटो सुरु हुने बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभएको छ ।आज देखि सुरु भएको आठौँ धादिङ महोत्सवको उद्घाटन गर्दै उहाँले बुढिगण्डकी जलविद्युत आयोजना देश कै गौरवको आयोजना भएकोले यस आयोजनाको काम अब बन्ने गठबन्धको सरकारले बनाउने बताउनुभएको हो ।
त्यस्तै उहाँले स्थानिय स्तरको उत्पादनलाई प्राथमिकता दिए मात्रै महोत्सवले सार्थकता पाउने पनि बताउनुभयो ।
स्थानिय उत्पादनलाई प्राथमिकता दिएमा यहाँका नागरिकले फाईदा लिन सक्ने भएकोले विशेष महत्व दिएर स्थानिय उत्पादनको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले सामुदायिक कलेजमा पढ्न जाने छोरीहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था गर्नुका साथै बागमती प्रदेश सरकारले युवाहरुलाई रोजगार प्रदान गर्ने उदेश्यले ३० लाख बजेट छुट्याएको समेत बताउनुभयो ।
उद्घाटन सत्रअघि त्रिपुरासुन्दरी गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच, पन्चेबाजा,खैजेडी भजन गजुरी गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालीएको थियो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा भएको आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुनेछ । महोत्सव अबधि भर रास्ट्रिय तथा स्थानिय कलाकार हरुको सास्कृतिक प्रस्तुति रहने छ ।