FLASH NEWS

जनजागरण सामुदायिक पुस्तलकालय स्रोत केन्द्रमा निवन्ध लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १८, आईतबार (३ साल अघि)
  • २६३

    Shares

जनजागरण सामुदायिक पुस्तलकालय स्रोत केन्द्रमा निवन्ध लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
बेलकोट गाडी नगरपालिका २ नुवाकोट मा रहेको जनजागरण सामुदायिक पुस्तलकालय स्रोत केन्द्रमा निवन्ध लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ३१ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिबार रिड नेपालको आर्थिक सहयोग र जनजागरण सामुदायिक पुस्तकालयद्वारा आयोजित “अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय सरकारको भुमिका” विषयक अन्तर मा.वि. स्तरीय निवन्ध लेखन प्रतियोगिता तथा “हाम्रो राम्रो विद्यालय सुरक्षित र अपाङ्गता समावेशी विद्यालय” विषयक आ.वि. स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।
पुस्तकालयका उपाध्यक्ष सरिता न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा चित्रकला तर्फ ११ वटा विद्यालयको सहभागीता रहेको थियो । भने निवन्ध लेखन प्रतियोगिताको तर्फ ५ वटा विद्यालयको सहभागीता रहेको थियो।श्री बेल्कोट्भन्ज्याङ मा बि निबन्ध तर्फ प्रथम र चित्र कला तर्फ पनि सोही बिध्यालय प्रथम भएको थियो। प्रथ दितिय र तेस्त्रा हुने लाइ शैक्षिक सामाग्री वितरण गरिएको जनजागरण सामुदायिक पुस्तलकालय स्रोत केन्द्रका ब्यबस्थापक मन्जेश श्रेष्ठ ले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस