४४९
Sharesथाक्रे,धादिङ्ग- थाक्रे गाउपालिका ४ बाहुनास्थान मा रहेको तसर्पु साना किसान कृषि सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको तसर्पुमा रहेको तसर्पु साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो ।
सहकारीले साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष राधीका देवि सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०६६ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३७ लाख ८४ हजार ५ सय रहेको छ । साधारण जगेडा कोषमा रु. १ करोड ७ लाख ८८ हजार १ सय ९८ रुपैयाँ, अन्य जगेडा कोषमा ७७ लाख ५६ हजार २ सय ९३ रुपैयाँ, संस्थागत कोष १९ लाख १५ हजार २ सय ४८ रुपैयाँ,कर्जा जोखिम कोष २० लाख ९३ हजार ७ सय ८० रुपैयाँ, बचत (निक्षेप) रकम ४ करोड ८ लाख १४ हजार ३ सय ७५ रुपैयाँ, तिर्नुपर्ने ऋण २ करोड ७९ लाख २३ हजार ८ सय ९२ रुपैयाँ, व्याजको कन्ट्रा रकम १०लाख ४७ हजार ३ सय ३६ रुपैयाँ, अनुदान हिसाब ४१ लाख ३९ हजार ६ सय ६९ रुपैया रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम ११ करोड १२ लाख ७५ हजार ६ सय २४ रुपैयाँ १४ पैसा रहेको सहकारीका व्यवस्थापक विरसिंह लामाले बताउनु भयो ।
संस्थामा अहिले २०० वटा समुह तथा ८सय ७३ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष राधीका देवि सापकोटाले बताउनु भयो ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य, नि.वर्तमान उपाध्यक्ष अम्बिका रुपाखेती, थाक्रे ५ का वडा अध्यक्ष सन्तमान तामाङ,थाक्रे भित्र रहेका भूमेस्थान साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा र थाक्रे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शंकर तामाङ सहकारीका शेयर सदस्यहरुको लगायत को सहभागिता रहेको थियो ।