FLASH NEWS

धादिङ थाक्रेका बास्कोटाको दुर्घटनामा परि मृत्यु

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
  • १००३

    Shares

धादिङ थाक्रेका बास्कोटाको दुर्घटनामा परि मृत्यु

धादिङको थाक्रेका गाउपालिकाका प्रदिप बास्कोटाको दुर्घटनामा परि मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा. ५ ख ६९५ नम्बरको बस एकआपसमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १० केवलपुर घर भई काठमाडौं महानगरपालिका १४ बस्ने ३४ वर्षीय बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस