FLASH NEWS

थाक्रे १० का बँदेल पिडित कृषकहरुले पाए क्षतिपूर्ति

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक ६, आईतबार (२ साल अघि)
  • २५१

    Shares

थाक्रे १० का बँदेल पिडित कृषकहरुले पाए क्षतिपूर्ति

राजेन्द्र रुपाखेती केवलपुर ,  धादिङको थाक्रे गाउँपालिका वडा नं १० का बदेल पिडित कृषकहरुले क्षतिपूर्ति पाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले क्षतिपुर्ति स्वरुप प्रति कृषक रु १० हजारका दरले कृषकहरुकाे खातामा रकम हालिदिएकाे छ ।

केही महिना अगि थाक्रे १० का किसान हरुले लगायको मकै अदुवा लगायत को बाली बदेलले नस्ट गरेको थियो। वडा कार्यालयले १७ जना कृषकहरुलाई क्षतिपुर्तिकाे लागि सिफारिस गरेकाे थियाे । निकुञ्जले प्रक्रिया पुगेका कृषकहरुकाे खातामा रकम हाल्न सुरु गरेकाे छ । वडा अध्यक्ष गाेकुल प्रसाद लामिछाने, स्थानिय कृषि अधिकृत राजेन्द्र रुपाखेती र थाक्रे गाउँपालिका कृषि शाखा प्रमुख साैगात जंग थापाले बदेलले क्षति गरेकाे बालि निरिक्षण गरी क्षतिकाे मुल्यांकन सहित डिभिजन वन कार्यालय धादिङ मा बुझाएको थिए । वडा कार्यालय तथा पालिकाको विशेष पहलमा कृषक हरुले रकम पाएका हुन। डिभिजन वन कार्यालयकाे सहयोगमा चितवन राष्ट्रिय निकुन्जले बदेलले नष्ट गरेकाे मकै ,अदुवा लगाएत बालिकाे क्षतिपूर्ति रकम कार्यबिधिमा भए अनुसारकाे कृषक लाई प्रदान गरेकाे हाे । बँदेल पिडित कृषकहरु को समाचार यस  www.toltolkokhabar.com र कृषि रेडियोले प्रसारण तथा प्रकासन गरेको थियो .

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस