१७९
Sharesधादिङको गजुरी गाउँपालिका वडा नं.२,७ र ८ को वडा कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ।
आगामी निर्वाचन तयारी छलफलको लागि नेकपा एमाले धादिङको प्रत्येक वडामा उक्त बैठक सञ्चालन भईरहेको छ।शुक्रबार बिहान गजुरी २ को रुन्लामा भएको बैठकमा नेकपा एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष निर्वतमान संसद एवं धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार भुमि प्रसाद त्रिपाठिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,क्षेत्र नम्बर १ प्रदेश सभा (२)सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलिया,नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देवीप्रसाद त्रिपाठिको बिशेष आतिथ्यता रहेको थियोे।
बैठकलाई सम्बाेधन गर्ने क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार भुमि त्रिपाठिले नेकपा एमालेले सुरु गरेको सुखि नेपाली समृद्ध नेपालको सपनालाई गठबन्धन सरकारले ठप्प बनाएको कारणले जनता नेकपा एमालेलाई मतदान गर्न आतुर रहेको बताउनुभयो। गजुरी ७र८ को वडा कमिटी बैठकमा मन्तव्य राख्ने क्रममा गजुरी गाउँपालिका पाटि अध्यक्ष माधव भण्डारीले याेजना बद्द ढंगबाट चुनावी अभियान अगाडि बढाउने उक्त तयारी बैठक बसेको र स्थानीय निर्वाचन पछि गठबन्धनको कार्य शैलिले गर्दा पनि जनता पछुताएको बताएका छन्। एमाले गजुरी इन्चार्ज एवं निर्वतमान गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गजुरी ८ बाङ्गेमा विद्यालय स्थापना,सडक बिस्तार,छात्रावास निमार्ण,वडा कार्यालय निमार्ण,स्वास्थ्य इकाई स्थापना साथै भवन निमार्ण लगाएत थुप्रै विकास निमार्णको कामलाई अगाडि बढाएको बताउनु भयो ।
प्रदेश सभा सदस्यको उम्मेदवार एवं बुद्धिजीवी परिषद् केन्द्रीय महासचिव ईन्जिनियर गजेन्द्र थपलिया तुईन बिस्थापन गर्ने काम आफै पूर्व प्रधानमन्त्री केपि ओलिको बिज्ञ सल्लाहकार हुदा गरेको र राजनीतिक घटनाक्रम हेर्दा प्रतिपक्षका बिरुद्ध घेराबन्दी भएको कहि छैन।नेपालमा मात्र हाे।उहाले भन्नुभयो।