१४३
Sharesआज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
यस दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै छन । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको तथ्याङंकले देखाएको ।
सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालमा करिब २५ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । तेस्तै धादिङको थाक्रे गाउपालिकामा भने पहिलो स्थानिय सरकार आयपछी पालिकाभित्र मानसिक रोगीको पहिचान गरि प्रत्यक वडामा काउनसिलर मार्फत परामर्श दिने गरिएको छ भने कडा खालको मानसिक रोग रहेको हरुको लागि पालिकाले बिगत ४/५ वर्ष देखि निशुल्क औषधि उपचार गर्दै आइरहेको छ।