FLASH NEWS

माघ १४ देखि खोप लगाउन सुरु

  • टोलटोलको खबर
  • भिडियो
  • प्रकाशित मिति:
  • २०७७ माघ १०, शनिबार (४ साल अघि)
  • ३४१

    Shares

माघ १४ देखि खोप लगाउन सुरु

काठमाडौंं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्।

भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।

भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले  भने।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस