FLASH NEWS

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूची सहित

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ३, आईतबार (७ महिना अघि)
  • ३३५

    Shares

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूची सहित

फाइल तस्विर

काटमाठौं : प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।

आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।

यसैगरी ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस