FLASH NEWS

नुवाकोटको बेलकोट गढी नगरपालिका ३ मा १५ दिने झोला बनाउने निःशुल्क तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ५, सोमबार (१ साल अघि)
  • १२४०

    Shares

नुवाकोटको बेलकोट गढी नगरपालिका ३ मा १५ दिने झोला बनाउने निःशुल्क तालिम सुरु

नुवाकोट:   नुवाकोटको बेलकोट गढी नगरपालिका ३ मा १५ दिने महिलाले बोक्ने झोला बनाउने निःशुल्क सीपमुलक तालिम सुरु भएको छ।
महिला बालबालिका लक्षित वर्ग सीप विकास क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगतउक्त तालिम सुरु भएको हो। शुभारम्भ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. लि.निलकण्ठ नगरपालिका ४ धादिङको आयोजना र बेलकोट गढी नगरपालिका ३ को आर्थिक सहयोगमा सुरु भएको तालिममा २० जना सहभागी रहेका छन्।

वडाका वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कौसिला पुडासैनीले उद्घाटन गर्नुभएको तालिममा प्रमिला बैलकोटिको अध्यक्षता रहेको शुभारम्भ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. लिका शोभा डंगोलले जानकारी दिनु भयो।

 

 

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस