FLASH NEWS

आज पनि यी प्रदेशमा वर्षाको सम्भावना, रातिदेखि मौसम सुधार हुदै जाने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • ४७७

    Shares

आज पनि यी प्रदेशमा वर्षाको सम्भावना, रातिदेखि मौसम सुधार हुदै जाने

अहिले पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर साधरणतया देखि पूर्णतया बदली छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार पनि मधेशबाहेक ६ प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आइतबार रातिदेखि मौसम क्रमशः सुधार हुँदै जानेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस