FLASH NEWS

चितवनमा बस र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २३, शुक्रबार (१ साल अघि)
  • २४८

    Shares

चितवनमा बस र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरूरहेका छन्।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउनु भयो।

घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताउनु भयो । त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ।

अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नाम ठेगाना नखुलिसकेका माइक्रोबसका यात्रुहरू रहेको डीएसपी रिजालले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस