FLASH NEWS

प्रधानमन्त्री ओलीद्वारा शुभ साइतमा बहिनीहरुबाट टीका ग्रहण

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १८, आईतबार (१ साल अघि)
  • ३८०

    Shares

प्रधानमन्त्री ओलीद्वारा शुभ साइतमा  बहिनीहरुबाट टीका ग्रहण

धादिङ :   प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनु भएको छ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनु भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो। उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस