FLASH NEWS

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ७, सोमबार (१ साल अघि)
  • ५२३

    Shares

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना

देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र बागती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस