FLASH NEWS

राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट ३ करदाता सम्मानित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर १, मंगलबार (२९ मिनेट अघि)
  • २४

    Shares

राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट ३ करदाता सम्मानित

धादिङ : राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कर कार्यालय गल्छीले प्रभातफेरी तथा करदाता सम्मान कार्यक्रम आयोजना गरेको छ।

“कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता” भन्ने नारासहित आयोजित प्रभातफेरी गल्छीस्थित कर कार्यालयबाट सुरु भई गल्छी गाउँपालिकाको सभाहलमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र सभाध्यक्षका रूपमा कर कार्यालय गल्छीका प्रमुख प्रेम प्रकाश शाही सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नुवाकोट, धादिङ र रसुवा जिल्लाबाट छनोट भएका तीन उत्कृष्ट करदाता सम्मानित भएका छन्। सम्मानित हुनेमा बेनिघाट–रोराङको सदाज्योति सप्लायर्स, नीलकण्ठको स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र धुनिबेसीको एच.एस. मल्टि एग्रो रहेका छन्।

कार्यक्रममा कर अधिकृत तुल्सीराम फुल्देलले राष्ट्रिय कर दिवसको महत्व र करदातालाई प्रोत्साहन गर्ने उद्देश्यबारे जानकारी गराउनुभएको थियो। कार्यक्रम सञ्चालन कर अधिकृत विनोद रेग्मीले गर्नुभएको थियो।

करदाताको योगदानको कदर गर्दै करप्रति नागरिकमा सकारात्मक सोच, जिम्मेवारीबोध र कर प्रणालीप्रति विश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस