FLASH NEWS

मिथिलामा छठ पर्वको उल्लास, आज खरना विधि गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक २८, शनिबार (१ घण्टा अघि)
  • १७

    Shares

मिथिलामा छठ पर्वको उल्लास, आज खरना विधि गरिँदै

धादिङ: मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन्।

पर्वको पहिलो दिन हिजो कात्तिक शुक्ल चौथीका दिन बर्तालुले नहाय–खाय विधि पूरा गर्दै व्रत सङ्कल्प गरेका थिए। आज पञ्चमीका दिन दिनभरि निराहार उपवास बसेर साँझ चन्द्रदर्शनपछि सख्खर, दूध र चामलबाट तयार पारिएको खीर छठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। यसलाई ‘खरना’ भनिन्छ।

पर्वको तेस्रो दिन बर्तालुले निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। यसलाई ‘सझुका अरख’ भनिन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

छठमा ठकुवा, भुसुवा, केरासहित विभिन्न फलफूल र मिष्टान्न परिकार प्रसादका रूपमा चढाउने चलन छ। श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिको प्रतीक मानिने छठ पर्व पछिल्लो समय मधेसी समुदायमा मात्र सीमित नरही पहाडी समुदायले पनि उत्साहपूर्वक मनाउन थालेका छन्।

सबै जाति, धर्म र समुदायको सहभागिता बढ्दै जाँदा छठ पर्व साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस