FLASH NEWS

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, केहि स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १९, सोमबार (२ घण्टा अघि)
  • १५

    Shares

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, केहि स्थानमा वर्षाको सम्भावना

काठमाडौँ :    देशमा हाल मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ भने अन्य क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार देशका विभिन्न भू-भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस