FLASH NEWS

आज सूर्यग्रहण लाग्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २७, बुधबार (३ घण्टा अघि)
  • २०

    Shares

आज सूर्यग्रहण लाग्दै

काठमाडौंः आज बुधबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ। पञ्चांग निर्णायक समितिका अनुसार यो सूर्यग्रहण नेपालबाट भने देखिने छैन।

नासाका अनुसार उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण तथा अमेरिका, क्यानडा, युरोप र उत्तर–पश्चिमी अफ्रिकाका विभिन्न क्षेत्रमा आंशिक सूर्यग्रहण देखिनेछ।

चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश छेक्दा सूर्यग्रहण लाग्छ। वैज्ञानिकहरूले सूर्यग्रहण खाली आँखाले वा सामान्य सनग्लास लगाएर नहेर्न सुझाव दिएका छन्। विशेष सुरक्षात्मक चस्माको प्रयोग गरेर मात्र हेर्न सुरक्षित हुन्छ।

सूर्यग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। नासालगायत विभिन्न संस्थाले आजको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस