FLASH NEWS

धुनिबेशी ९मा फोहोर फाल्दै गरेको ट्रक नियन्त्रणमा, जरिवाना सहित कारबाही

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ५, मंगलबार (२ घण्टा अघि)
  • ३०

    Shares

धुनिबेशी ९मा फोहोर फाल्दै गरेको ट्रक नियन्त्रणमा, जरिवाना सहित कारबाही

धुनिवेशी : धुनिवेशी नगरपालिका वडा नं. ९ स्थित तिरतिरे धारा क्षेत्रमा अवैध रूपमा फोहोर फाल्दै गरेको एउटा ट्रकलाई स्थानीयबासी र जनपथ प्रहरीले नियन्त्रणमा लिएका छन्।

वैशाख २ गते राति काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ७ ख ३८०५ नम्बरको ट्रक ले सडक किनारमा फोहोर फालिरहेको अवस्थामा स्थानीयले देखेपछि जनपथ प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयको सक्रियतामा उक्त ट्रक नियन्त्रणमा लिइएको हो।
यस घटनापछि धुनिवेशी नगरपालिकाले २०८३ वैशाख ४ गते नगरको फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७८ बमोजिम आवश्यक कारबाही गरेको जनाएको छ।
नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा नगरप्रहरीमार्फत ट्रक चालक तथा सम्बन्धित पक्षलाई जरिवाना समेत गरिएको बताइएको छ।
नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै वातावरण संरक्षण र सरसफाइमा सहयोग गर्न समेत अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस