





६२
Shares
आजदेखि देशका ७५३ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमसहित ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिँदैछ।



राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग को आग्रहअनुसार नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
व्यक्तिको कानुनी पहिचान सुनिश्चित गर्न, प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउन तथा राज्यबाट प्रदान गरिने सेवा प्राप्त गर्न व्यक्तिगत घटना दर्ता अत्यन्त महत्वपूर्ण आधारका रूपमा रहेको छ। यही महत्त्वलाई ध्यानमा राख्दै सबै स्थानीय तहमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिँदैछ।
यस अवधिमा विद्यालय तथा स्थानीय संघ–संस्थामार्फत व्यक्तिगत घटना दर्ताको महत्वबारे जनचेतना फैलाउने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधि गरिने विभागले जनाएको छ।
विभागले गत चैतको अन्तिम सातामै सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको थियो।






