FLASH NEWS

युवाले आन्दोलन गर्न नपर्ने वातावरण बनाउँछु : सभामुख अर्याल

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २३, सोमबार (१ महिना अघि)
  • १०९

    Shares

युवाले आन्दोलन गर्न नपर्ने वातावरण बनाउँछु : सभामुख अर्याल

काठमाडौँ :    प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी (Gen Z) युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति तथा नियम निर्माणमा आफूले विशेष ध्यान दिने बताउनुभएको छ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहण गरेपछि प्रतिक्रिया दिँदै उहाँले ठूलो मानवीय तथा भौतिक क्षति भएको जेनजी आन्दोलनपछिको निर्वाचनमार्फत आफूहरू नेतृत्वमा आएको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गरिने स्पष्ट पार्नुभयो।

सभामुख अर्यालले आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि नयाँ कानुन अनिवार्य नपर्ने, तर आवश्यक परे नयाँ कानुन बनाएर छिटो काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सबै राजनीतिक दल र सांसदहरूसँग सहकार्य तथा समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस