FLASH NEWS

आज यी स्थानमा वर्षा र हिमपात

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २३, सोमबार (५ महिना अघि)
  • २२५

    Shares

आज यी स्थानमा वर्षा र हिमपात

काठमाडौं:    नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। त्यसैगरी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा फाट्टफुट्ट वर्षा भइरहेको छ। उच्च हिमाली क्षेत्रमा भने हिमपात जारी रहेको छ।

सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार आज पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

वर्षा र चट्याङको सम्भावना रहेकाले विशेष गरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। साथै, पदयात्रामा रहेका पर्यटक तथा हिमाली क्षेत्रका बासिन्दालाई मौसमको अवस्था बुझेर मात्र यात्रा तय गर्न सुझाव दिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस