FLASH NEWS

एनपीएलमा आज पनि दुई खेल हुने

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १३, शनिबार (७ महिना अघि)
  • ३८३

    Shares

एनपीएलमा आज पनि दुई खेल हुने

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुने भएको छ ।

सवा ११ बजे शुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन्। ‘प्लेअफ’ सम्भावना कायम राख्न दुवै टिमलाई जितको दबाब रहेको छ। प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ। चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स सातौँ स्थानमा रहेको छ।

यस्तै अपराह्न साढे ३ बजे शुरु हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ । तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ। जनकपुरले यसअघिका तीनमध्ये तीनै खेलमा हार व्यहोरेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस