FLASH NEWS

च्याउ किसान संघ काठमाडौंको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत निर्वाचित

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८२ मंसिर ११, बिहिबार (५ घण्टा अघि)
  • ३४

    Shares

च्याउ किसान संघ काठमाडौंको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत निर्वाचित

काठमाडौं – च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।

महाधिवेशनको निर्णयअनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै समितिले उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का उप–सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा
सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ, रबिन गौतम रहेका छन्।

समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ।

समितिका अनुसार नयाँ नेतृत्वले किसानलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ र कम्पोस्टको उपलब्धता, बजार समन्वय र युवा–महिला सहभागीता वृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउनेछ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस