FLASH NEWS

थाक्रे ९ र १० का कृषक बारीमै धानखेती गर्दै

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २४, शनिबार (१ साल अघि)
  • ८२८

    Shares

थाक्रे ९ र १० का कृषक बारीमै धानखेती गर्दै

तस्वीर: राजेन्द्र रुपाखेती, कृषि अधिकृत

थाक्रे , धादिङ:       थाक्रे गाउँपालिका वडा नं. ९ र १० का कृषकहरू विगत ६–७ वर्षदेखि बारीमा धानखेती गरेर चामल किन्नुपर्ने बाध्यताबाट राहत महसुस गरिरहेका छन्।

पहिले बारी योग्य जमिनमा परम्परागत बाली लगाउँदै आएका किसानहरूले पछिल्लो केही वर्षदेखि हाइब्रिड जातको धान प्रयोग गरी बाली उत्पादनमा नयाँ प्रयोग गर्न थालेका छन्।

कृषकहरूले वर्षा अनुकूल समयमै रोपाइँ गरी, रासायनिक मल र रोगकिराको उचित व्यवस्थापन गरेमा अपेक्षित उपज प्राप्त हुने उनीहरूको विश्वास छ।
कृषि अधिकृत राजेन्द्र रुपाखेतीका अनुसार, “यस प्रविधिमा समयमै मल र बिषादि को प्रयोग भएमा बारीमै राम्रो उत्पादन लिन सकिन्छ। कृषकहरू अहिले आत्मनिर्भर हुँदै गएका छन्, जुन सकारात्मक संकेत हो।”

धान उत्पादन बढेसँगै कृषकहरूले घरायसी उपभोगका लागि आवश्यक चामल आफ्नै उत्पादनबाट पूर्ति गर्न थालेका छन्, जसले आर्थिक बोझ घटाएको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस