FLASH NEWS

प्रथम राष्ट्रिय कोदो दिवस : ओझेलमा परेको अन्नको पुनर्जागरण

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १६, शुक्रबार (६ महिना अघि)
  • ४४५

    Shares

प्रथम राष्ट्रिय कोदो दिवस : ओझेलमा परेको अन्नको पुनर्जागरण

✍️ राजेन्द्र रुपाखेती: कृषि अधिकृत ,धादिङ:   आज श्रावण १६ गते नेपाल सरकारले प्रथम राष्ट्रिय काेदाे दिवश घाेषणा गरेका परिप्रेक्षयमा ओझेल परेकाे र अन्नवालि काेदाेकाे महत्त्वलाई जनमानसमा उजागर गर्न एउटा अवसर सिर्जना गरेकाे छ । नेपालको पहाडी भूगोलमा उब्जिएको, जीवनशैलीसँग गाँसिएको र पुस्तौँदेखि खानामा मिसिएको एक अनमोल धरोहर हो कोदो। आधुनिक जीवनशैलीले जब हाम्रो थालबाट परम्परागत अन्नहरू विस्थापित गर्दैछ, त्यही बेलामा “राष्ट्रिय कोदो दिवस” को महत्व अझै गहिरो रूपमा महसुस भएकाे छ ।

 

कोदो नेपाली माटोको स्वाद र स्वाभिमान मात्रै नभई माैलिक रैथाने वालिकाे घाेतक पनि हाे । कोदो केवल एक अन्न मात्र होइन, यो हाम्रो संस्कृति, आत्मनिर्भरताको प्रतीक र जीविकोपार्जनको आधार हो।कोदोको उपस्थिति हाम्रो गाउँ–घरको जीवन र पहिचान सँग जोडिएको छ। याे आधुनिक जिवनशैलीमा मङ्गगाे हाेटल र रेष्टुरेन्टमा काेदाेकाे परिकार खान धाएर जाने र सामाजिक संजालका सान सार्वजनिक गर्ने जमात बढीरहेकाे छ। याे अवस्थामा पनि यसकाे महत्त्वलाई समयसापक्ष गरेकाे छ ।

काेदाे बलियाे स्वास्थ्यका तथा पाेष्टिक आहारकाे लागि उपयुक्त विकल्प हाे कोदो फाइबर, आइरन, क्याल्सियम, र एन्टी–अक्सिडेन्टको राम्रो स्रोत हो। मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैलीजन्य रोगहरूको नियन्त्रणमा यसको भूमिका अत्यन्त प्रभावकारी छ।
आज जब ‘सुपर फूड’ को चर्चा विश्वभर छ, कोदो जस्ता मोटा अन्नहरू पुनः विश्वव्यापी चर्चा र प्रयोगमा आउन थालेका छन्। वजारमा काेदाेकाे विस्कुट ,पाउराेटी तथा चिप्स अाउन थालेका छन् ,उपभाेक्ताकाे माग चाख र माग बढ्दाे छ । तसर्थ काेदाे खेती प्रर्वधन का लागी तिनै तहका सरकारले बिशेष ध्यान दिनु जरुरी छ ।
“राष्ट्रिय कोदो दिवस” मनाउनुको उद्देश्य केवल उत्सव होइन, यो हाम्रो परम्परागत बालीको संरक्षण, किसानप्रति सम्मान,
खाद्य सुरक्षामा योगदान, र आत्मनिर्भर अर्थतन्त्रप्रतिको प्रतिबद्धता हो। यसले हामीलाई आफ्नो मौलिकता सम्झाइरहेको छ।
कोदोबाट ढिंडो मात्र होइन, हलुवा, बिस्कुट, ब्रेड, फ्लेक्स, रक्सी, अचार जस्ता विविध परिकार बन्न सक्छन्।

यदि राज्य, उद्योग र उपभोक्ताबीच सहकार्य भएमा कोदो आयात प्रतिस्थापन र निर्यात सम्भावना बोकेको बाली बन्न सक्छ।
हामी जब कोदाे लाई केवल “पुरानो” भनेर बिर्सन खोज्दैछौं, तब स्वास्थ्य, आर्थिक र सांस्कृतिक दृष्टिले यो अझै “नयाँ सम्भावनाको बीउ” हो। काेदाे हाम्राे पहिचान हाे । काेदाे सिचाई नहुने जग्गाकाे लागि उपयुक्त वैकल्पिक खेती हाे । काेदाे ग्रामिण किसानकाे आय -आर्जनकाे आधार हाे । तसर्थ हामिले प्रथम राष्टिय काेदाे दिवश मनाउनु माझ काेदाे काे महत्व र काेदाे खेती लाई अझै व्यापक वनाउन उत्पादन र उत्पाकत्व वृद्धि गर्न तर्फ कृषि सम्वद्द कार्यालय र संस्थाहरुले काेदाेखेती लाई उचित प्राथमिक दिई कार्यक्रम तर्जुमा गर्नुपर्ने टट्काराे आवश्यक देखिन्छ । जसवाट राष्टिय काेदाे दिवश मनाउनुकाे सन्दर्भलाई सार्थकता प्रदान गर्छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस