FLASH NEWS

नागढुंगा–पिप्लामोड सडकखण्ड यहि वैशाख २२ देखि ३१ गते सम्म आंशिक बन्द हुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २१, आईतबार (६ महिना अघि)
  • ३४९

    Shares

नागढुंगा–पिप्लामोड सडकखण्ड यहि वैशाख २२ देखि ३१ गते सम्म आंशिक बन्द हुने

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धादिङ  : यही वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड १० दिन आंशिकरुपमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोक लगाईने छ।

 

काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।
सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।
यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।

हेर्नुहोस् सूचना

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस