FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १५, सोमबार (१ साल अघि)
  • ४६७

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं : हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। यो समाचार तयार पार्दा सम्म बागमती प्रदेशका केही तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ।
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस