FLASH NEWS

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २७, बुधबार (१ साल अघि)
  • ६४१

    Shares

आज  यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। देशभर तुवाँलो लागेको अवस्था छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भागका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

देशमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस