FLASH NEWS

पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदै

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १६, शुक्रबार (१ साल अघि)
  • ८४०

    Shares

पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ :   सरकारले कोदाजन्य बालीहरूको आयात रोक्दै आन्तरिक उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यसहित आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदै छ।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइँदै गरेको दिवसले साना किसानको आयआर्जन वृद्धि गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

गएको असार २३ गतेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सरकारले अब हरेक वर्ष यो दिवस स्थानिय तहदेखि नीति तहसम्म मनाउने तयारी गरेको छ।

कोदो खेती परम्परागत रूपमा गरिब तथा ग्रामीण जीवनशैलीसँग जोडिएर आएको भए पनि पछिल्लो समय शहरी क्षेत्रमा समेत यसको माग तीव्र रूपमा बढ्दै गएको छ।

तर माग बढ्दाबढ्दै पनि स्वदेशमा उत्पादन घट्दै गएको छ। कोदोबाट परम्परागत रोटी, ढिँडोजस्ता परिकार मात्र नभई अहिले बिस्कुट, मम, र आधुनिक परिकारहरू पनि उत्पादन हुन थालेका छन्। यस्तो बहुपर्यायता र पोषणका कारण कोदोलाई अब राज्यले खाद्य सुरक्षासँग जोडेर हेर्न थालेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस